Nepal Life

संघीय निजामती सेवा विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 08:09
संघीय निजामती सेवा विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे
National Life

काठमाडौं, असार ३।  प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

Shikhar
NIMB

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले "संघीय निजामती सेवा विधेयक, २०८२" माथि छलफल गरियोस भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। उक्त विधेयकसँगै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि प्रस्तुत गरिनेछ।

यसैगरी, समितिका सभापति रामहरी खतिवडाले "नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८२" सम्बन्धी समितिको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया