Nepal Life

ट्रम्प प्रशासनविरुद्ध अमेरिकन बार एसोसिएसनद्वारा मुद्दा दायर

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 08:12
ट्रम्प प्रशासनविरुद्ध अमेरिकन बार एसोसिएसनद्वारा मुद्दा दायर
National Life

वासिङ्टन डीसी, असार ३।  अमेरिकन बार एसोसिएसन (ABA) ले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेको छ।

Shikhar
NIMB

एसोसिएसनले सोमबार वासिङ्टन डीसीस्थित संघीय अदालतमा मुद्दा दायर गर्दै ट्रम्प प्रशासनले ठूला कानुनी फर्महरूलाई डरत्रास देखाउने अभियान चलाएको आरोप लगाएको छ।

"कानुन व्यवसाय, सदस्यहरूको स्वतन्त्रता र विधिको शासनको रक्षाका लागि ABA ले हस्तक्षेप गर्नुपरेको यसअघि कहिल्यै यति जरुरी थिएन," एसोसिएसनले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ।

लगभग ४ लाख सदस्य रहेको ABA अमेरिका भित्र कानुन व्यवसायीहरूको सबैभन्दा ठूलो स्वेच्छिक संगठन हो।

यस मुद्दाले ट्रम्प प्रशासन र ABA बीचको तनाव झनै चर्किएको संकेत गरेको छ। ट्रम्प प्रशासनले संघीय न्यायिक नियुक्तिहरूको मूल्यांकन गर्ने ABA को भूमिकालाई सीमित गर्न खोज्नुका साथै संघीय अनुदान समेत कटौती गरेको थियो।

यसअघि, चारवटा प्रमुख कानुनी फर्महरूले ट्रम्प प्रशासनका आदेशविरुद्ध अलग–अलग मुद्दा दायर गरेका थिए। ती आदेशअनुसार उनीहरूको सुरक्षा स्वीकृति खारेज गरिएको थियो र संघीय ठेक्का पनि रद्द गरिएको थियो। तीमध्ये तीन फर्मले अनुकूल फैसला पाइसकेका छन् भने एउटा मुद्दा अझै विचाराधीन अवस्थामा छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया