कोशी, गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
- BFIS News
- 2025 Jun 17 08:18
काठमाडौं, असार ३ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न भागमा हाल मनसुनी वायुको प्रभाव देखिएको छ। लुम्बिनी प्रदेशको पूर्वी भूभागमा पनि यस्तै मौसमको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पश्चिमी भागहरूमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने अधिकांश प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशका केही स्थानहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यसैअनुसार बाढी, पहिरो र जलस्रोत सम्बन्धी जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया