NIMB Header 2
Nepal Life

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ९० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै

National Life
  • BFIS News
  • 2025 Jun 18 11:56
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ९० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै
Sanima Reliance

काठमाडौं, असार ४।  बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज बुधबार असार ४ गते बोलकबोल (बिडिङ) प्रक्रियामार्फत् यो उपकरण निष्कासन गर्ने जानकारी दिएको हो।

Shikhar
NIMB

बैंक तथा वित्तीय संस्थाहरूबाट असार ४ गते दिउँसो ३ बजेसम्म बोलकबोल आवेदन दिन सकिने छ। यो निक्षेप संकलन उपकरण ३५ दिन अवधिको हुनेछ। यसअन्तर्गत साँवा तथा ब्याजको भुक्तानी साउन ७ गते गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि समय–समयमा यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। यस योजनाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम निष्कासित रकमको ५ प्रतिशतसम्म माग गर्न सक्नेछन्।

हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको अवस्थामा, राष्ट्र बैंकको यो कदमले मौद्रिक सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया