सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन ४०० र चाँदी २५ रुपैयाँले सस्तो
- BFIS News
- 2025 Jun Thu 12:01

काठमाडौं, असार ५। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रति तोला २ हजार २०० रुपैयाँमा झरेको छ, जुन हिजो २ हजार २२५ रुपैयाँ थियो। आज चाँदी प्रति तोला २५ रुपैयाँले सस्तो भएको हो।
हालसालै सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ, जसको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन र मागको उतारचढाव मानिएको छ।
प्रतिक्रिया