१३ कम्पनीले ८ अर्ब ८२ करोडको आइपिओ निष्काशन गर्दै, '१७ कम्पनीले पाए अनुमति'
- BFIS News
- 2025 Jun Sat 08:41

काठमाडौं। चालु आर्थिक वर्षमा १७ वटा कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति पाइसकेका छन् भने अझै १३ वटा कम्पनीले ८ अर्ब ८२ करोड रुपैयाँको आइपिओ निष्काशनको अनुमति माग गरेका छन्।
बाराही हाइड्रोपावर
बाराही हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको छ। दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ७३९ रुपैयाँ पुगिसकेको छ। यहि हकप्रदको चर्चाले कम्पनीको शेयर मूल्य यस वर्ष न्युनतम ६१५ रुपैयाँ र अधिकतम १३०८ रुपैयाँसम्म पुग्यो।
शिवश्री हाइड्रोपावर
सत प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको शिवश्री हाइड्रोपावरको शेयर मूल्य २४७ रुपैयाँ रहेको छ। चुक्ता पूँजी एक अर्ब ४७ करोड रहेको यसको शेयर मूल्य एक वर्षको अवधिमा १६६ रुपैयाँबाट २८१ रुपैयाँसम्म पुग्यो। तर कम्पनीले खासै मूल्य भने पाउन सकेको छैन।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले न्युनतम चुक्ता पूँजी जुटाउन २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले ५० करोड रुपैयाँको हकप्रद शेयर जारी गर्न थालेको हो। हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५२७ रुपैयाँ छ। एक वर्षको अवधिमा ८१७ रुपैयाँसम्म पुगेको यसको शेयर मूल्य पछिल्ला दिनमा बढ्न भने सकेको छैन।
सिइडिबी होल्डिङ्स
हकप्रद शेयर निष्काशनको चर्चाले शेयर मूल्य पाउन सफल सिइडिबी होल्डिङ्सले ५४.५ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। चुक्ता पूँजी एक अर्ब तीन करोड रहेको यसले पछिल्लो दुई वर्षदेखि बोनस शेयर पनि वितरण गर्दै आइरहेको छ। यसले गर्दा शेयर मूल्यमा राम्रै सुधार देखिन्छ। अहिले यसको शेयर मूल्य २६०७ रुपैयाँ छ। एक वर्षको अवधिमा ९७६ रुपैयाँबाट २८२९ रुपैयाँसम्म पुग्यो।
बुद्धभुमी नेपाल हाइड्रोपावर
बुद्धभुमी नेपाल हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। चुक्त पूँजी ४० करोड मात्रै रहेको यसको शेयर मूल्य ५०४ रुपैयाँ पुगेको छ। ४४० बाट ७५२ रुपैयाँसम्म पुगेको यस कम्पनीको नेटवर्थ ८३ रुपैयाँ छ।
सिटी होटल
सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ छ भने कम्पनीले ऋण तिर्न हकप्रद शेयर जारी गर्न थालेको हो। अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ८२६ रुपैयाँ छ।
नेपाल ल्युब आयल
दोस्रो बजारमा खासै कारोबार नहुने नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २८८ रुपैयाँ मात्रै छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ५९० रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ५९ रुपैयाँ छ। ७ करोड २८ लाख मात्रै चुक्ता पूँजी भएको यसका शेयरधनीले दोस्रो बजारमा शेयर खरिद बिक्री नै गर्दैनन्। यसले गर्दा शेयर मूल्य बढ्न नसकेको हो।
माइखोला हाइड्रोपावर
माइखोला हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्दछ। ३९ करोड २१ लाख चुक्ता पूँजी रहेको यसको शेयर मूल्य ७२७ रुपैयाँ छ।
सगरमाथा जलविद्युत कम्पनी
सगरमाथा जलविद्युत कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। कम्पनीले एक अर्ब १७ करोड हकप्रद शेयर जारी गर्दैछ। दोस्रो बजारमा शेयर मूल्य ५२१ रुपैयाँ छ।
प्रभु महालक्ष्मी लाइफ
यस कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिए पनि बाँकी प्रक्रिया अगाडी बढाएको छैन। कम्पनीले न्युनतम चुक्ता पूँजी जुटाउन हकप्रद शेयर जारी गर्ने निर्णय गरेता पनि यस विचमा कम्पनीले बोनस शेयर दिएर जुटाइसकेको छ। यसले गर्दा कम्पनीले छिट्टै यस सूचीबाट नाम हटाउनेछ।
प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनीले ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ८४७ रुपैयाँ रहेको छ। यसले पनि दोस्रो बजारमा खासै मूल्य पाउन सकेको छैन।
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी
युनाइटेड अजोडले इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले १५ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। दोस्रो बजारमा ५७८ रुपैयाँ शेयर मूल्य रहेको यसको चुक्ता पूँजी २ अर्ब १० करोड छ।
रिभर फल्स पावर
शत प्रतिशत हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको यसको चुक्ता पूँजी ७० करोड रहेको छ। दोस्रो बजारमा ५६५ रुपैयाँ रहेको यसको शेयर मूल्य पनि हकप्रदकै फण्डाले बढेको हो।
यस वर्ष अनुमति पाएका अझै केहि कम्पनीले हकप्रद शेयर जारी गर्न बाँकी छ भने कतिपयले निष्काशन गरेर बाँडफाँड पनि गरिसकेका छन्। अर्को तर्फ केह प्रकृयामा छन्।
प्रतिक्रिया