NIMB Header 2
Prabhu Mahalaxmi

सगरमाथा लुम्बिनीको मुनाफा ४० करोड ३२ लाख, इपिएस १५.३७ रुपैयाँ, दैवी विपत्ती र नियमित दाबीको प्रभाव

United Ajod
  • BFIS News
  • 2025 Aug 13 10:33
सगरमाथा लुम्बिनीको मुनाफा ४० करोड ३२ लाख, इपिएस १५.३७ रुपैयाँ, दैवी विपत्ती र नियमित दाबीको प्रभाव
IME LIFE

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४६ करोड ९ लाख रुपैयाँको तुलनामा १२.५३ प्रतिशतले कम हो। रसुवागढी तथा प्राकृतिक विपदका कारण बढेको दाबीले मुनाफामा असर पारेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए।  

Nepal Life
NIMB

उक्त अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) घटेर १५.३७ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष १७.५८ रुपैयाँ थियो। नाफामा कमी हुनुमा बीमा दावी खर्चमा उल्लेखनीय वृद्धि र लगानी आम्दानीमा गिरावट मुख्य कारण रहेको देखिएको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँमै यथावत् छ। तर, विपद् कोषमा २१.३४ प्रतिशतले वृद्धि भई २२ करोड ९३ लाख पुगेको छ। कम्पनीको जगेडा नाफा ९.२५ प्रतिशतले घटेर ३६ करोड ६५ लाखमा सीमित भएको छ भने अन्य इक्विटीमा भने १३.५७ प्रतिशतको सुधार हुँदै ५० करोड २३ लाख पुगेको छ।

लगानी रकम ४.९७ प्रतिशतले बढेर ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बीमा कोषमा पनि ४.१३ प्रतिशतको वृद्धि भई कुल ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

साफ बीमा शुल्क आम्दानी (Net Premium Income) २२.८६ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। तर, लगानी, ऋण तथा अन्य स्रोतबाट भएको आम्दानी २८.६४ प्रतिशतले घटेर ३४ करोड २५ लाखमा झरेको छ।

साफ दावी भुक्तानी रकम ३०.७१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कमिशन खर्च ४८.७६ प्रतिशतले वृद्धि भई ५ करोड ६९ लाख रुपैयाँ भएको छ। कर्मचारी लाभ खर्च ७.२० प्रतिशतले घटेर ५६ करोड ४३ लाखमा झरेको छ, तर अन्य सञ्चालन खर्च भने १८.४५ प्रतिशतले बढेर १७ करोड ९ लाख पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २३९.१२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २३६.७२ रुपैयाँ थियो। कम्पनीको मूल्य-आम्दानी अनुपात (P/E Ratio) ४७.२२ पटक रहेको छ। साथै, कम्पनीको सॉल्भेन्सी अनुपात २.७५ रहेको छ, जसले कम्पनीको वित्तीय स्थायित्व मजबुत रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया