सानिमा म्युचुअल फण्डका योजनाद्वारा नगद लाभांश वितरण घोषणा
- BFIS News
 - 2025 Aug 14 13:51
 
                    
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
यसअघि आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरिएको नगद प्रतिफल रद्द गरी चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरिएको हो। यसअन्तर्गत सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन्।
लाभांश वितरणका लागि भदौ ६ गते इकाईधनी दर्ता किताब बन्द हुने फण्डले जनाएको छ। सो अनुसार भदौ ५ गते बिहीबारसम्म नाम दर्ता भएका इकाईधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया