Nepal Life

बन्दिपुर केबलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ४ लाख ३४ हजार १०८ जनाले शेयर पाउने

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Aug 27 07:40
बन्दिपुर केबलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ४ लाख ३४ हजार १०८ जनाले शेयर पाउने

काठमाडौं, भदौ ११, २०८२ — बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि (भदौ ११ गते) सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो।

Nepal Life
NIMB

कम्पनीले पहिलो चरणमा यहि भदौ १५ गतेसम्म बिक्री खुला गर्नेछ। यदि छिटोको अवधिमा माग बराबरको आवेदन नपरेमा ढिलोमा भदौ २५ गतेसम्म बिक्री खुला गर्न सक्नेछ।

कम्पनीको जारी पूँजी रु. २ अर्ब ८३ करोड रहेको छ। त्यसको २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। यसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता सेयर तनहुँ र गोरखा जिल्लाका परियोजनाबाट प्रभावित स्थानीयहरूलाई आरक्षित गरिएको थियो।

बाँकी १८.७०६७ प्रतिशत (५२ लाख ९४ हजार कित्ता) सेयर सर्वसाधारणका लागि छुट्याइएको हो। यसमध्ये: १०% अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि, ३% अर्थात् १ लाख ५८ हजार ८२० कित्ता कम्पनीका कर्मचारीहरूका लागि, ५% अर्थात् २ लाख ६४ हजार ७ सय कित्ता म्युचुअल फण्डका लागि छुट्याइएको छ। बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २०,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले ‘CARE-NP BB (Is)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ। साथै, कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूमा पनि सोही ‘CARE-NP BB’ रेटिङ पुनः पुष्टि गरिएको छ।

बन्दिपुर केबलकार एक निजी लिमिटेड कम्पनी हो, जसको स्थापना २०७० साल पुस २२ गते (जनवरी ६, २०१३) मा भएको हो। कम्पनी तनहुँ जिल्लाको बन्दिपुरमा केबलकार तथा होटल परियोजना सञ्चालनमा ल्याउँदैछ। उक्त परियोजनाअन्तर्गत दुई प्रकारका सेवा प्रदान गरिनेछन्, आधार स्टेशनदेखि टुप्पो स्टेसनसम्म केबलकारमार्फत यातायात सेवा, र होटलमार्फत बास तथा आतिथ्य सेवा। यस परियोजनालाई राष्ट्रिय योजना आयोगले “राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना” को रूपमा सूचीकृत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया