NIMB Header 2
Nepal Life

यी हुन विश्वका ठूलो अर्थतन्त्र भएका १० मुलुक, ३७ खर्ब ३७ अर्ब डलर सहित भारत पाँचौ

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 24 23:25
यी हुन विश्वका ठूलो अर्थतन्त्र भएका १० मुलुक, ३७ खर्ब ३७ अर्ब डलर सहित भारत पाँचौ
National Life

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्रको आकार बढेर १ हजार ५० खर्ब डलर पुगेको छ। सन् २०२२ मा १ हजार १६ खर्ब डलर मात्र थियो । काेषका अनुसार यो बर्षको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिका हो । अमेरिकाको अर्थतन्त्रको आकार २ सय ७८ खर्ब ५५ अर्ब डलर पुगेको छ। कुल अर्थतन्त्रमा अमेरिकाको हिस्सा २५ दशमलव ५४ प्रतिशत छ ।

NIMB

यस्तै दोस्रोमा चीन छ । चीनको अर्थतन्त्र १ सय ९३ खर्ब ७४ अर्ब डलर छ । विश्व अर्थतन्त्रमा चीनको हिस्सा १८ दशमलव ४३ प्रतिशत छ। तेस्रो ठूलो अर्थतन्त्र भएकाे मुलुक जापान हाे । जापानको अर्थतन्त्र ४४ खर्ब १० अर्ब डलर पुगेको छ । चौथो स्थानमा जर्मन परेको छ । जर्मनको अर्थतन्त्र ४३ खर्ब ९० अर्ब डलर छ ।

पाँचौ स्थानमा भारत रहेको छ । भारतको अर्थतन्त्र ३७ खर्ब ३७ अर्ब डलर छ । यस्तै छैटाैँमा बेलायत छ । बेलायतको अर्थतन्त्र ३१ अर्ब ५९ अर्ब डलर बराबर छ । सातौंमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार २९ खर्ब २३ अर्ब डलर छ भने आठौँ स्थानमा रहेका इटालीको अर्थतन्त्र २१ खर्ब ७० अर्ब, नवौँमा रहेको क्यानडाको २० खर्ब ९० अर्ब डलर छ ।

दशौंमा ब्राजिल ठूलो अर्थतन्त्र भएको मुुलुक बनेको छ। ब्राजिलको अर्थतन्त्र २० खर्ब ८१ अर्ब डलर छ । यसअघि दशौमा रुस थियो । रुसलाइ ब्राजिलले पछि पारेको हो । एघारौं स्थानमा रहेको रुसको २० खर्ब ६३ अर्ब डलर रहेको छ ।

नेपालको अर्थतन्त्रको आकार ४२ अर्ब डलर पुग्यो
नेपाल विश्व अर्थतन्त्रको आकारमा दुई खुड्किला माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको ९८औं स्थानमा छ । गत वर्ष भने १००औं स्थानमा थियो।

आइएमएफको विश्व आर्थिक परिदृश्यको पछिल्लो प्रक्षेपणअनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। विश्वअर्थतन्त्रमा नेपालको हिस्सा ०.०४ प्रतिशत हो। नेपालभन्दा अघि ९७औं स्थानमा दक्षिण अमेरिकी देश पाराग्वे र पछि ९९औं स्थानमा युरोपेको स्टोनिया छ। पाराग्वेको अर्थतन्त्र ४३ अर्ब र स्टोनिया र नेपालको अर्थतन्त्रको आकारबराबर छ।

गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर थियो। एक वर्षमा नेपालको अर्थतन्त्रको आकार झन्डै ३ अर्ब डलर बढेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया