Nepal Life

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर आवेदन खुला

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 08:37
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर आवेदन खुला
United Ajod

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले आजदेखि (असोज २ गते) शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसअन्तर्गत बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुन्छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा शेयर कारोबार भएका विद्यमान शेयरधनीहरुले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले यस निष्काशनका लागि बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

यस हकप्रद निष्काशनको विक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही (नवलपरासी) शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ छ। हकप्रद निष्काशनपश्चात चुक्ता पूँजी दोब्बर भई ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

बैंकले हकप्रद शेयरबाट संकलित रकम धितोपत्र, सरकारी ऋणपत्र तथा म्युचुअल फण्डमा लगानी गर्ने, साथै भौतिक पूर्वाधार तथा शाखा विस्तारमा प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया