NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न, १८.२ प्रतिशत लाभांशको प्रस्ताव पारित

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 01 13:42
मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न, १८.२ प्रतिशत लाभांशको प्रस्ताव पारित
National Life

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४.६७ प्रतिशत नगद लाभांश र १३.५२ प्रतिशत बोनस सेयर सर्वसम्मत रुपमा पारित गरेको बैंकले जनाएको छ।

NIMB

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिएको छ। सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पनि सभाले अनुमोदन गरेको छ।

त्यसैगरी, बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ। लेखापरीक्षण समितिको सिफारिस बमोजिम आगामी आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको रुपमा ए.पी. एण्ड एशोसिएट्स, चाटर्ड एकाउण्टेन्ट्स पुनः नियुक्त भएका छन्।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार, हाल कायम साधारण सेयर तर्फको चुक्ता पूँजी रु. ७,०४,६९,३८,०४९.०८ को ४.६७ प्रतिशत अर्थात् रु. ३२,९०,९२,००६.८९ (बोनस सेयर र नगद लाभांशको कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

त्यसैगरी, विशेष प्रस्ताव अन्तर्गत साधारण सेयर तर्फको हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत अर्थात् रु. ९५,३४,५०,७१८.०३ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ। यस वितरणपछि साधारण सेयर तर्फको पूँजी रु. ८,००,०३,८८,७६७.११ पुग्नेछ। साथै, गत वर्ष पारित गरिएको रु. १ अर्ब अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारीपछि बैंकको कुल जारी तथा चुक्ता पूँजी रु. ९,००,०३,८८,७६७.११ पुग्ने प्रस्ताव पारित भएको छ।

सभाले पूँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।

साथै, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ। साथै, मुक्तिनाथ विकास बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग प्राप्ति/समाहित (merger/acquisition) प्रयोजनका लागि सहकार्य गर्न, आवश्यक सहमतिपत्रमा हस्ताक्षर गर्न, मूल्यांकनकर्ता तथा परामर्शदाता नियुक्त गर्न र नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ।

यसैगरी, नियमनकारी निकायबाट निर्देशन भएमा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, परिमार्जन वा सच्याउने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिएको छ।

साधारणसभाको समापनसँगै मुक्तिनाथ विकास बैंकले आगामी दिनमा थप सुदृढ वित्तीय सेवा प्रवाह र संस्थागत सक्षमताको विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस्

१. कमजोर आर्थिक अवस्थामाझ मुक्तिनाथ विकास बैंक हरेक सूचकमा अब्बल बनिरहेको छ: सिइओ पोखरेल

२. प्रगति, सम्भावना र स्तरोन्नतिको दिशातर्फ मुक्तिनाथ विकास बैंक: अध्यक्ष खिम प्रकाश मल्ल

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया