स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- BFIS News
- 2025 Nov 02 11:52
काठमाडौँ, कात्तिक १६ गते । गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।
गत शुक्रबार तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ लाख ३९ हजार ७०० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔँस सुनको मूल्य करिब ४ हजार अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया