NIMB Header 2
Nepal Life

तीन महिनामै दुई लाख १० हजार नेपालीले लिए श्रम स्वीकृति, दुबईले भिसा रोकेपछि अन्य देशले पनि बढाए सुरक्षा चासो

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 03 13:20
तीन महिनामै दुई लाख १० हजार नेपालीले लिए श्रम स्वीकृति, दुबईले भिसा रोकेपछि अन्य देशले पनि बढाए सुरक्षा चासो
National Life

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै दुई लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

NIMB

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि असोज महिनासम्म २ लाख १० हजार ५१६ जनाले वैदेशिक रोजगारको श्रम स्वीकृति प्राप्त गरेका छन्।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्षको तुलनामा ३९ हजार ९१३ ले बढी स्वीकृति लिएको तथ्यांकले देखाउँछ।

जेनजी आन्दोलनपछि पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी नआएको देखिन्छ। भदौ २३ र २४ गते भएको आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई) लगायत साउदी अरब, कतार, ओमान, बहाराइन र कुवेतले नेपाली कामदार प्रवेशमा सतर्कता बढाएको बताइए पनि ती देशमा जाने संख्या उच्च नै छ।

विभागका तथ्यांकअनुसार असोज महिनामात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि ११ हजारभन्दा बढी, साउदी अरबका लागि ८ हजार ७९१ र कुवेतका लागि ४ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्ष कुल ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार जेनजी आन्दोलनको प्रभाव हालैसम्म स्पष्ट रूपमा नदेखिए पनि दुबईले भिसा जारी रोक्दै अन्य देशहरूले पनि सुरक्षा सतर्कता बढाएका छन्।

गुरुङले भने, “दुबई इमिरेट्सले अहिले कामदार मात्र होइन, विद्यार्थी भिसा पनि रोकिएको छ। अन्य देशहरूमा नेपालका जेलबाट कैदी फरार भएको घटना पश्चात् अपराधी कामदारका रूपमा प्रवेश नहोस् भन्ने कारणले उनीहरू सुरक्षा निगरानीमा छन्। तर दुबई बाहेक अन्य देशहरूले भने अहिलेसम्म कडा प्रतिबन्ध लगाएका छैनन्।”

उनका अनुसार पछिल्लो समय श्रम गन्तव्य देशहरूबाट माग बढेको र श्रम स्वीकृति प्रक्रिया अनलाइन भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो। विभागले पनि श्रमिकमैत्री कानुन परिमार्जन, सेवा प्रवाहमा सुधार र गन्तव्य मुलुकमा श्रमिक अभावका कारण माग बढेको बताएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया