वन अधिकृत श्रेष्ठमाथि भ्रष्टाचार मुद्दा, परिवारको सम्पत्ति पनि जफत माग
- BFIS News
- 2025 Nov 03 13:25
काठमाडौं, कात्तिक १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन तथा हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानीभन्दा एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी सम्पत्ति आर्जन गरेको पाइएको हो।
अनुसन्धानका क्रममा उनको तलब, पारिवारिक आय, जग्गा बिक्री, व्याज, शेयर र कृषिबाट प्राप्त वैधानिक आम्दानीको तुलनामा उक्त रकम अस्वाभाविक रूपमा बढी रहेको आयोगले जनाएको छ।
सार्वजनिक सेवामा रहेर पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल गर्न माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल तथा ‘फरेस्ट एन्ड इनभाइरोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’को नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)




.jpg)



प्रतिक्रिया