Nepal Life

सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीकालागि खुला आईपीओ आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 10:46
सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीकालागि खुला आईपीओ आज अन्तिम दिन
National Life

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिन आज (मंसिर १० गते) अन्तिम दिन रहेको छ। निर्दिष्ट समूहका आवेदकले आजको कारोबार समयभित्र आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

कम्पनीलाई कुल १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशतले हुने १० करोड रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर विदेशमा रोजगारी गरी रहेका नेपालीहरूका लागि सुरक्षित समूहमार्फत निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व तिर्ने क्षमता औसत जोखिमयुक्त रहेको संकेत गर्छ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ लागतमा बन्ने अनुमान गरिएको छ। आयोजना निर्माणको प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ पर्नेछ। उक्त आयोजनाको विद्युत् उत्पादन अनुमति अवधि अझै २५ वर्ष बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १२.०९ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको सि-आस्बा सुविधा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा सि-आस्बा प्रणालीमार्फत अनलाइन पनि आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया