NIMB Header 2
Nepal Life

सप्तकोशी सिमेन्टले २० प्रतिशत आईपीओ ल्याउने, नयाँ क्लिन्कर प्लान्टमा लगानी

National Life
  • BFIS News
  • 2025 Nov 28 11:49
सप्तकोशी सिमेन्टले २० प्रतिशत आईपीओ ल्याउने, नयाँ क्लिन्कर प्लान्टमा लगानी
Sanima Reliance

काठमाडौं। पूर्वी नेपालका अग्रणी सिमेन्ट उत्पादक मध्ये एक सप्तकोशी सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नै चुक्ता पूँजीको २० प्रतिशत सेयर प्रति कित्ता रू. १०० दरले सार्वजनिक निष्काशन (IPO) मार्फत बिक्री गर्ने भएको हो। यस आईपीओको इश्यू तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।

Shikhar
NIMB

दैनिक ६०० टन उत्पादन क्षमता रहेको यस उद्योगले उच्च गुणस्तरका PPC 43 र OPC 53 ग्रेडका सिमेन्ट उत्पादन गर्दै आएको छ। स्थापना कालदेखि नै उत्पादन विस्तार र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै आएको कम्पनीले २०१९ देखि निरन्तर नाफा कमाइरहेको जनाएको छ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटिरहेको सप्तकोशी सिमेन्टले आर्थिक वर्ष २०८१/८२ मा २७ प्रतिशत बढी बिक्री लक्ष्य पूरा गरेको थियो। सोही वर्ष कम्पनीले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर पनि वितरण गरेको थियो।

कम्पनीले आगामी दिनमा पूँजी विस्तारमार्फत उत्पादन क्षमतामा थप वृद्धि गर्ने योजना बनाएको छ। आईपीओबाट जुट्ने रकम नयाँ क्लिन्कर प्लान्ट स्थापना तथा विद्यमान उत्पादन प्लान्ट विस्तारमा प्रयोग गरिने बताइएको छ। यसले उत्पादन दक्षता, बजार प्रतिस्पर्धा तथा दीर्घकालीन व्यवसायिक वृद्धिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ।

सप्तकोशी सिमेन्टका अनुसार, IPO पछिको पूँजी संरचना सुदृढ भई कम्पनीलाई क्षेत्रीय तथा राष्ट्रिय बजारमा अझ सशक्त रुपमा प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया