NIMB Header 2
Nepal Life

१३ वटा कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, साउनदेखि अनुमति ठप्प

National Life
  • BFIS News
  • 2025 Nov 29 18:01
१३ वटा कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, साउनदेखि अनुमति ठप्प
Sanima Reliance

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा १३ वटा कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन्। बोर्डले साउनदेखि हकप्रद शेयर निष्काशनको नयाँ अपडेट गरेको छैन। अर्क तर्फ उक्त कम्पनीहरु लामोसमयदेखि अनुमति पर्खेर बसेका छन्। धितोपत्र बोर्डको आन्तरिक कलह र बोर्डको अध्यक्षको अकर्मण्यताका कारण यस्तो अवस्था आएको हो।

Shikhar
NIMB

अनुमति माग गर्दै बाराही हाइड्रोपावरले १०० प्रतिशत, सानिमा जिआइसीले १७ प्रतिशत, सिइडिबी होल्डिङले ५४.५ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरले ६६.४ प्रतिशत, नेपाल ल्युब आयलले २०० प्रतिशत, माइखोला हाइड्रोपावरले १०० प्रतिशत, सगरमाथा जलविद्युत कम्नपीले १०० प्रतिशत, हिमालयन पावरले ५० प्रतिशत र राधी विद्युतले ६९.९० प्रतिशतले हकप्रद शेयर निष्काशनको अनुमति माग गरेका छन्।

आइपिओ निष्काशनको प्रकृयाँ अगाडी नबढाउने निर्णय गरिसकेको प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद शेयर निष्काशन अझै पाइपलाइनमा छ। त्यस्तै प्रभु इन्स्योरेन्स कम्पनीको ५०.१५ प्रतिशत र युनाइटेड अजोडले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ।

यस वर्ष शिभश्री हाइड्रोपावरले १०० प्रतिशत, सिटी होटलले ८० प्रतिशत, रिभर फल्सले १०० प्रतिशत र नायरायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएका छन्। उक्त अनुमति गएको साउनमा दिइएको थियो। साउनपछि कुनै पनि कम्पनीले अनुमति पाएका छैनन्। बोर्डले जलविद्युत कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनमा कडाइ गर्न खोजेको देखिन्छ। यसले गर्दा पनि पाइपलाइनमा कम्पनी कम छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया