NIMB Header 2
Nepal Life

घोराही सिमेन्ट इण्डष्ट्रीले पुस १४ गते साधारण सभा बोलायो, १०% बोनस शेयर वितरण प्रस्ताव

National Life
  • BFIS News
  • 2025 Nov 30 10:52
घोराही सिमेन्ट इण्डष्ट्रीले पुस १४ गते साधारण सभा बोलायो, १०% बोनस शेयर वितरण प्रस्ताव
Sanima Reliance

काठमाडौं। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्ने उद्देश्यले पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १४ गते, सोमबार दाङ जिल्ला घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित होटल पौवामा सभा आह्वान गरेको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।

Shikhar
NIMB

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, हाल कायम चुक्ता पूँजी तथा सञ्चित मुनाफाभन्दा बढी रकमका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण स्वीकृत गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन तथा नयाँ लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसमेत पेश गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

घोराही सिमेन्टले पछिल्ला वर्षहरूमा उत्पादन क्षमता र बजार विस्तारमा जोड दिँदै आएको छ । आगामी योजनालाई प्रभावकारी रूपमा अघि बढाउन यसपटकको साधारण सभालाई महत्वपूर्ण मानिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया