Nepal Life

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम

NMB Bank
  • BFIS News
  • 2026 Mar 01 13:46
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम
National Life

काठमाडौँ, फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

Shikhar
NIMB

दस निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कूल ४८ हजार ४८९ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र छन् । यस क्षेत्रमा ४३ हजार ३९३ महिला र ४५ हजार ३१५ पुरुष गरी कूल ८८ हजार ७०८ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र छन् । यहाँ ३२ हजार ९२३ महिला र ३१ हजार ५५६ पुरुष गरी कूल ६४ हजार ४७९ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी कूल ७६ हजार १४१ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र छन् । यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कूल ७८ हजार ११४ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन् । यहाँ ३४ हजार ९५६ महिला, ३२ हजार ८०२ पुरुष र अन्य एक गरी कूल ६७ हजार ७५९ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन् । यहाँ ३४ हजार ७३८ महिला र ३२ हजार ६७३ पुरुष गरी कूल ६७ हजार ४११ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र छन् । यहाँ २९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी कूल ५७ हजार ८११ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र छन् । यहाँ ४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष गरी कूल ७८ हजार ४९५ मतदाता रहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र छन् । यहाँ ४२ हजार ७१६ महिला, ४० हजार ५८३ पुरुष र अन्य दुई गरी कूल ८३ हजार ३०१ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया