Nepal Life

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला, प्रभावित र बैदेशिक रोजगारमा गएकाले भर्न पाउने

NMB Bank
  • BFIS News
  • 2026 Mar 11 11:40
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला, प्रभावित र बैदेशिक रोजगारमा गएकाले भर्न पाउने
National Life

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरेको हो।

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा १२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो शेयरमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। साथै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर आरक्षण गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन दिने अवधि छिटोमा चैत ११ गतेसम्म रहनेछ भने पर्याप्त आवेदन नपरे ढिलोमा चैत २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनअघि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकसँगै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया