सुनको मूल्य घट्दा चाँदी महँगियो
- BFIS News
- 2026 May 27 10:52
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले घट्दा चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया