NIMB Header 2
Nepal Life

निजी क्षेत्र व्यापार र वितरणका लागि पनि तयार छ : कृष्णप्रसाद आचार्य

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 11:06
निजी क्षेत्र व्यापार र वितरणका लागि पनि तयार छ : कृष्णप्रसाद आचार्य
United Ajod

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार तथा वितरण क्षेत्रमा पनि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

Nepal Life
NIMB

इप्पानको २६औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गर्दै आचार्यले उत्पादन क्षेत्रमा जस्तै व्यापार र वितरणमा समेत निजी क्षेत्रलाई अवसर दिनुपर्ने धारणा राखे।

“सरकारले विद्युत् उत्पादन क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराएजस्तै अब व्यापार र वितरण क्षेत्र पनि खुला गर्न आवश्यक छ,” उनले भने, “उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र जिम्मेवारी लिन र लगानी गर्न पूर्ण रूपमा तयार छ।”

आचार्यले ऊर्जा क्षेत्रमा देखिएका प्रशासनिक तथा नीतिगत जटिलता हटाउन एकद्वार प्रणाली तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव पनि दिए। ऊर्जा क्षेत्रको विकासमा विभिन्न प्रक्रियागत अवरोध बाधक बनेको उल्लेख गर्दै उनले ती समस्याको समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए।

त्यसैगरी, आयोजनाहरूको आरसीओडी (रिभाइज्ड कमर्सियल अपरेसन डेट) थप गर्ने विषयमा बोल्दै उनले सरकारकै कारण ढिलाइ भएका आयोजनाहरूलाई एकमुष्ट रूपमा आरसीओडी थप गरिनुपर्ने माग गरे। “आरसीओडी थप्दा कसलाई के घाटा हुन्छ ?” भन्ने प्रश्न गर्दै उनले राज्यका कारण प्रभावित बनेका परियोजनालाई न्यायोचित सुविधा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया