NIMB Header 2
Nepal Life

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक, संविधान संशोधन कार्यदलको म्याद थप

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 15:42
मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक, संविधान संशोधन कार्यदलको म्याद थप
United Ajod

काठमाडौं । सरकारले शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट भएका तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

बैठकले संविधान संशोधनसम्बन्धी कार्यदलको अवधि थप गर्ने, रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउने तथा लेखामान बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठित कार्यदलको कार्यावधि असार मसान्तसम्म कायम रहने गरी एक महिना थप गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले आफ्नो कामलाई निरन्तरता दिनेछ।

त्यसैगरी, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, व्यवस्थापन र उपयोगसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सो सम्बन्धमा आवश्यक काम कारबाही अगाडि बढाउन भनिएको छ।

बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

सरकारले सार्वजनिक गरेका निर्णयहरू प्रशासनिक व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बन्धित निकायहरूको संस्थागत सञ्चालनसँग सम्बन्धित रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया