मोतिबिन्दुका १०० बिरामीको शल्यक्रियाका लागि आइएमई लाइफद्वारा आर्थिक सहयोग
- BFIS News
- 2026 Jun 12 12:03
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मोतिबिन्दुबाट प्रभावित १०० जना बिरामीको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
कम्पनीले करिब ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ। उक्त सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका मोतिबिन्दुका बिरामीहरूले निःशुल्क शल्यक्रिया सेवा प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै यो सहयोग गरिएको हो। यसअघि पनि कम्पनीले विभिन्न जिल्लामा स्वास्थ्य सेवासम्बन्धी कार्यक्रम, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया अभियानमा सहकार्य गर्दै आएको जनाएको छ।
आइएमई लाइफका उप–कार्यकारी प्रमुख क्षितिज पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
कम्पनीका अध्यक्ष सुरज श्रेष्ठले ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे। उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रमा नियमित रूपमा सीएसआर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया