NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 15:40
ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ।

Nepal Life
NIMB

बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले भट्टराईलाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सञ्चालक समितिमा स्वागत गरेका थिए।

भट्टराईले नेपाल सरकारको प्रशासनिक सेवामा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेकी छन्। उनी नेपाल सरकारकी पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त हुन्।

उनले सिँचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रस्टको कार्यालय तथा राष्ट्रिय सूचना आयोगलगायतका सरकारी निकायमा उच्च तहमा रहेर कार्य अनुभव हासिल गरेकी छन्।

शैक्षिक योग्यताअन्तर्गत उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर तथा कानुन विषयमा स्नातक उपाधि प्राप्त गरेकी छन्। साथै, अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सार्वजनिक नीति तथा ड्युक विश्वविद्यालयबाट गैरनाफामूलक व्यवस्थापन विषयमा उच्च अध्ययन गरेकी छन्।

हाल भट्टराई साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टकी कार्यकारी सदस्य तथा प्रोफेसल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा आबद्ध रहेकी छन्।

उनको स्वागत कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया