NIMB Header 2
Nepal Life

महिला लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतमा दिवसराज ओली नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 12:22
महिला लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतमा दिवसराज ओली नियुक्त
United Ajod

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत दिवसराज ओलीलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।

Nepal Life
NIMB

संस्थाको सञ्चालक समितिको २०८३ जेठ २८ गते बसेको ११८औँ बैठकले ओलीलाई २०८३ असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत ओलीले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। संस्थाले उक्त निर्णयबारे नियामक निकाय तथा सरोकारवालालाई जानकारी गराएको जनाएको छ।

महिला माइक्रोफाइनान्सले जारी गरेको सूचनाअनुसार नयाँ व्यवस्था नभएसम्म ओलीले कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा संस्थाको नेतृत्व गर्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया