NIMB Header 2
Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल, नयाँ अध्यक्षमा नारद लुईटेल नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 12:32
नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल, नयाँ अध्यक्षमा नारद लुईटेल नियुक्त
United Ajod

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ। कम्पनीको सञ्चालक समितिले हालै बसेका दुई बैठकमार्फत अध्यक्षसहित विभिन्न सञ्चालकहरूको राजीनामा स्वीकृत गर्दै नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो।

Nepal Life
NIMB

कम्पनीका अनुसार २०८३ जेठ २७ गते साँझ बसेको सञ्चालक समितिको ५३औँ बैठक र २०८३ जेठ २८ गते बिहान बसेको ५४औँ बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट अध्यक्ष रहेका आशिष श्रेष्ठले २०८२ चैत १५ गते दिएको अध्यक्ष तथा सञ्चालक पदको राजीनामा स्वीकृत गरेको छ।

त्यसैगरी, संस्थापक शेयरधनी समूहका सञ्चालक सिद्धान्त झुनझुनवालाले २०८३ जेठ २६ गते दिएको राजीनामा पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ। संस्थापक समूहकै सञ्चालक लतिका गोल्याणले २०८२ चैत १५ गते पेश गरेको राजीनामा तथा स्वतन्त्र सञ्चालक बद्री सिग्देलले २०८३ जेठ २७ गते दिएको राजीनामा समेत स्वीकृत गरिएको छ।

रिक्त पदहरूमा नयाँ नियुक्तिसमेत गरिएको छ। साधारणसभा नभएसम्मका लागि संस्थापक शेयरधनी समूहको तर्फबाट Centrum Capital Pvt. Ltd. का प्रतिनिधि नारद कुमार लुईटेललाई सञ्चालकमा नियुक्त गरिएको छ। साथै, उनलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि प्रदान गरिएको छ।

यस्तै, संस्थापक शेयरधनी समूहकै तर्फबाट BizWorld Advisory Pvt. Ltd. का प्रतिनिधि अशोक प्रसाद साहलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरिएको छ। अर्को रिक्त सञ्चालक पदमा Centrum Capital Pvt. Ltd. का प्रतिनिधि दीपक कुमार मिश्रलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यसैगरी, स्वतन्त्र सञ्चालक पदमा साधारणसभा नभएसम्मका लागि दामोदर सत्याललाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको छ।

कम्पनीले यी निर्णयहरू सम्बन्धित नियामकीय प्रक्रिया तथा प्रचलित व्यवस्था अनुरूप कार्यान्वयन गरिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया