NIMB Header 2
Nepal Life

मेटलाइफ नेपालद्वारा ‘क्रिटिकल इलनेस प्लस’ राइडर सार्वजनिक, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 12:56
मेटलाइफ नेपालद्वारा ‘क्रिटिकल इलनेस प्लस’ राइडर सार्वजनिक, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा
United Ajod

काठमाडौं । मेटलाइफ नेपालले ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ। जीवनका संवेदनशील अवस्थामा बीमितलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले उक्त राइडर ल्याइएको कम्पनीले जनाएको छ।

 

Nepal Life
NIMB

यस राइडरमार्फत व्यक्तिगत जीवन बीमा योजनालाई थप प्रभावकारी बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ। यसले अस्पताल उपचार खर्चसँगै उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत सहयोग गर्ने कम्पनीको भनाइ छ।

मेटलाइफका अनुसार ‘क्रिटिकल इलनेस प्लस’लाई किफायती र सहज बनाउने गरी डिजाइन गरिएको छ। छुट्टै बीमा योजना आवश्यक नपर्ने गरी योग्य व्यक्तिगत जीवन बीमा योजनासँग यसलाई जोड्न सकिने व्यवस्था गरिएको छ।

यो राइडरले क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजोसम्बन्धी रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपण लगायत ११ वटा गम्भीर रोगमा आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

बीमा सम्झौताअनुसार रोग पुष्टि भएपछि लाभ रकम तत्काल भुक्तानी हुने भएकाले बीमितले आर्थिक चिन्ताभन्दा उपचार र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्न सक्ने कम्पनीको दाबी छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया