सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एतिहासिक सफलता: ५.४२ अर्ब बीमा शुल्क संकलन, ४.९६ अर्ब दाबी भुक्तानी
- BFIS News
- 2026 Jul 23 18:32
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै व्यवसाय विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दै बीमितप्रतिको दायित्व निर्वाह र सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।
कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँच विस्तारमा निरन्तर लगानी गरिएकाले व्यावसायिक प्रदर्शनमा सकारात्मक सुधार आएको हो। यससँगै दाबी भुक्तानी क्षमतामा समेत उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ।
SALICO ले दाबी भुक्तानीलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउँदै ग्राहकको विश्वास कायम राख्न निरन्तर प्रयास गरिरहेको जनाएको छ। कम्पनीका अनुसार समयमै दाबी भुक्तानी गर्ने अभ्यासले बीमितमाझ कम्पनीप्रतिको विश्वास थप मजबुत बनेको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहक, अभिकर्ता, व्यावसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
उनले ग्राहकको विश्वास र सबै पक्षको साथ तथा सहयोगले कम्पनीलाई निरन्तर अघि बढ्न प्रेरित गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक केन्द्रित सेवामार्फत उक्त विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले आगामी दिनहरूमा प्रविधिमैत्री सेवा विस्तार, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानलाई प्राथमिकतामा राख्दै ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना रहेको जनाएको छ। साथै, यस्ता पहलमार्फत नेपालको निर्जीवन बीमा क्षेत्रको दिगो विकासमा आफ्नो योगदानलाई थप प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउने विश्वास पनि कम्पनीले व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया