Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा  अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 31 15:23
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा  अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित श्री हरि प्रसाद काफ्ले लाई रु. ५०,००,००० (पचास लाख रुपैयाँ) दाबी भुक्तानी गरेको छ ।

Nepal Life
NIMB

बीमित हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए। उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।

केही समयअघि बीमित हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग (Parkinson's Disease) देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु. ५० लाख दाबी रकम भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानीसँगै निजले रु. ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरेका छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया