मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्रि प्रिमियर र टेस्ला डाएग्नोस्टिकमा विशेष छुट
- BFIS News
- 2026 Aug 13 18:31
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंका दुई संस्थासँग व्यावसायिक सम्झौता गरेको छ। बैंकले बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डाएग्नोस्टिकसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्रि प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पा सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।
त्यसैगरी, टेस्ला डाएग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल ओपीजी, औषधि लगायतका विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।
यी छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभलेज कार्ड प्रयोग गर्नुपर्नेछ। वैकल्पिक रूपमा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरे पनि उक्त सुविधा प्राप्त गर्न सकिनेछ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले हालै आधार दरमा शून्य प्रतिशत प्रिमियम जोडिने गरी विशेष अटो लोन योजना समेत ल्याएको छ।
बैंकका अनुसार ग्राहकलाई वित्तीय सेवासँगै दैनिक जीवनमा आवश्यक अन्य वस्तु तथा सेवामा समेत सहुलियत उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्यलाई निरन्तरता दिइँदै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)



प्रतिक्रिया