नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न, सुर्खेत शाखा 'वेष्ट ब्रान्च अफ दि एयर' बन्न सफल
- BFIS News
- 2026 Aug 25 21:14
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ र २ गते आयोजित सम्मेलन ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्पन्न भएको हो।

सम्मेलनमा देशभरका सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।
कार्यक्रममा वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि उच्च लक्ष्य निर्धारण गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनका लागि कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ का व्यावसायिक लक्ष्य हासिल गर्न थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे। उनले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षका सेल्स तथा रणनीतिक योजनाबारे जानकारी गराएका थिए।

सम्मेलनमा नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले सम्बन्धित विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
सम्मेलनको अन्त्यमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी, शाखा तथा उपशाखालाई विभिन्न १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

सुर्खेत शाखालाई ‘बेस्ट ब्रान्च अफ द इयर’
कर्णाली प्रदेशको उत्कृष्ट प्रदर्शनमा नेपाल लाइफको सुर्खेत शाखाको योगदानसमेत उल्लेखनीय देखिएको छ। सुर्खेत शाखाले प्रमुख कार्यसम्पादन सूचक (KPI) मा १०० प्रतिशत लक्ष्य पूरा गर्नुका साथै प्रथम बीमा शुल्क आर्जनतर्फ पनि १०० प्रतिशत लक्ष्य हासिल गरेको थियो।
शाखाले १९ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको थियो। उत्कृष्ट व्यावसायिक प्रदर्शनका आधारमा सुर्खेत शाखाले ‘Best Branch of the Year’ अवार्डसमेत प्राप्त गरेको छ। यो अवार्ड १० करोड क्बलमा पर्न सफल शाखाहरुलाई प्रदान गरिन्छ।
सुर्खेतसँगै भैरहवा र चाबहिल शाखाले पनि उत्कृष्ट शाखाको सम्मान प्राप्त गरेका थिए। सुर्खेत शाखाको नेतृत्व शाखा प्रमुख विष्णु प्रसाद शर्माले गर्दै आएका छन्।

‘सफलता एकताबद्ध प्रयासको परिणाम’
‘बेस्ट ब्रान्च अफ द इयर’ अवार्ड प्राप्त गरेपछि सुर्खेत शाखाका प्रमुख विष्णु प्रसाद शर्माले शाखाको सफलता मेहनती कर्मचारी, एसएएम/एएम, एमडीआरटी, बीसी तथा सम्पूर्ण सक्रिय अभिकर्ताको एकताबद्ध प्रयासको परिणाम भएको बताएका छन्।
शर्माले विशेषगरी दुर्गा बन, अनिश गौतम, प्रतिमा खड्का, निकिता थापा र रक्षा बीसीसहित सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्। शाखाको सफलतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अपरेसनल इन्चार्ज, सम्पूर्ण शाखा प्रमुख तथा कर्मचारी र प्रधान कार्यालयका विभागीय प्रमुखहरूको निरन्तर साथ, मार्गदर्शन र प्रेरणा महत्वपूर्ण रहेको उनको भनाइ छ।
उनले प्राप्त उपलब्धिलाई टिमको सामूहिक मेहनत र सहकार्यको परिणामका रूपमा लिँदै आगामी दिनमा पनि यही एकता, सक्रियता र प्रतिबद्धतालाई निरन्तरता दिने बताएका छन्।

सुर्खेत शाखाले १०० प्रतिशत KPI तथा प्रथम बीमा शुल्क आर्जनको लक्ष्य पूरा गर्दै ‘बेस्ट ब्रान्च अफ द इयर’ अवार्ड प्राप्त गर्नुले कर्णाली प्रदेशको समग्र व्यावसायिक प्रदर्शनलाई समेत थप बलियो बनाएको छ। कर्णाली प्रदेशले सबै विधामा १०० अंकसहित ‘बेष्ट प्रोभिन्स अवार्ड’ प्राप्त गर्नुमा प्रदेशअन्तर्गतका शाखा तथा अभिकर्ताहरूको सक्रियता र समन्वयले महत्वपूर्ण भूमिका खेलेका छन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया