बुधबार मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई मात्रै सार्वजनिक बिदा
- BFIS News
- 2026 Aug 25 22:46
काठमाडौं । मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार भोलि बुधबार, २०८३ भदौ १० गते मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिइएको हो।
२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ।
मुस्लिम आयोगले २०८३ भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी गृह मन्त्रालयलाई गराएपछि मन्त्रालयले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार २०८३ भदौ १० गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
मोहम्मद जयन्ती इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको सम्झनामा मुस्लिम समुदायले धार्मिक श्रद्धा र आस्थाका साथ मनाउने महत्वपूर्ण पर्व हो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया