सिटिजन्स बैंकले यस पटक शेयरधनीलाई ५८ करोड ९२ लाख रुपैयाँ बोनस शेयर दिने
- BFIS News
- 2026 Sep 16 18:40
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश रहेको छ।
बैंकले ३.८० प्रतिशत बोनस शेयरका लागि ५८ करोड ९२ लाख रुपैयाँ तथा ०.२० प्रतिशत नगद लाभांशका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याएको छ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ। साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ।
यता, समाचार तयार पार्दासम्म सिटिजन्स बैंक इन्टरनेसनलको अन्तिम कारोबार मूल्य (LTP) प्रतिकित्ता २०६ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया