चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
- BFIS News
- 2026 Oct 14 08:40
काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठ पर्वका अवसरमा हुन सक्ने साइबर ठगी र वित्तीय अपराध नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८३ असोज २७ गते सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक बिदाको अवधिमा हुन सक्ने विद्युतीय माध्यमसम्बन्धी आर्थिक ठगीका घटनामा तत्काल समन्वय गर्न सम्पर्क व्यक्ति र ड्युटी इमेलको विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
सूचनाअनुसार चाडपर्वका समयमा सार्वजनिक बिदा बढी हुने भएकाले साइबर फ्रड तथा स्क्यामको जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले शंकास्पद खाता र कारोबार पहिचान गरी तत्काल रोक्का गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। साथै, आर्थिक ठगीसम्बन्धी कारोबारको विवरण समयमै उपलब्ध गराई अनुसन्धान प्रक्रियालाई सहज बनाउनुपर्नेछ।
यसका लागि सम्बन्धित संस्थाले जिम्मेवार सम्पर्क व्यक्ति (Focal Person) तोकी उनको नाम, पद र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ। त्यसैगरी, २४ सै घण्टा अनुगमन गर्न सकिने ड्युटी/अनकल इमेल (Duty/On-call Email ID) को विवरण पनि नेपाल प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालयको [email protected] इमेल ठेगानामा पठाउन निर्देशन दिएको छ। यस व्यवस्थाले सार्वजनिक बिदाका समयमा पनि शंकास्पद वित्तीय कारोबारको पहिचान, रोकथाम तथा अनुसन्धानमा बैंक तथा वित्तीय संस्था र प्रहरीबीच समन्वय प्रभावकारी हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया