युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश दिने
- BFIS News
- 2026 Nov 02 11:32
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको १९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सन् २०२६ अक्टोबर ३० (२०८३ कात्तिक १४) मा भर्चुअल माध्यमबाट बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश कम्पनीको वितरणयोग्य मुनाफाबाट प्रदान गरिनेछ । सञ्चालक समितिको निर्णयअनुसार लाभांश प्रयोजनका लागि आगामी मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयर दाखिला खारेज (बुक क्लोज) गरिनेछ ।
यसअनुसार बुक क्लोज हुनुअघि कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको सेयरको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ रहेको छ । युनिलिभर नेपालले विगतका वर्षहरूमा पनि सेयरधनीलाई उच्च नगद लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीको लाभांश इतिहास:
|
नगद लाभांश (%) |
बोनस (%) |
कुल लाभांश (%) |
|---|---|---|---|
|
२०८२/८३* |
१,५४० |
० |
१,५४० |
|
२०८१/८२ |
१,८४२ |
० |
१,८४२ |
|
२०८०/८१ |
१,७१४ |
० |
१,७१४ |
|
२०७९/८० |
१,५८० |
० |
१,५८० |
|
२०७८/७९ |
१,२१५ |
० |
१,२१५ |
|
२०७७/७८ |
६५० |
० |
६५० |
|
२०७६/७७ |
१०० |
० |
१०० |
|
२०७५/७६ |
७७० |
० |
७७० |
|
२०७४/७५ |
७०० |
० |
७०० |
|
२०७३/७४ |
१,२७० |
० |
१,२७० |
|
२०७२/७३ |
१,०२० |
० |
१,०२० |
|
२०७१/७२ |
९९० |
० |
९९० |
|
२०७०/७१ |
८६० |
० |
८६० |
|
२०६९/७० |
७६० |
० |
७६० |
|
२०६८/६९ |
६८० |
० |
६८० |
* आर्थिक वर्ष २०८२/८३ को लाभांश सञ्चालक समितिबाट प्रस्तावित हो। साधारणसभाबाट अनुमोदन हुन बाँकी छ। लाभांश प्रतिशत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)


.jpg)
.jpg)






प्रतिक्रिया