लो-क्यापको मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो लाभांश घोषणा, १३ प्रतिशत बोनस शेयर दिने
- BFIS News
- 2026 Nov 02 11:57
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको कात्तिक १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।
मकर जितुमाया सुरी हाइड्रोपावर सन् २००८ (२०६५ साल) मा कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो। सन् २०१८ (२०७५ साल) मा कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।
कम्पनीसँग दोलखाको गौरीशंकर गाउँपालिका–५, सुरीस्थित सुरी खोलामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत् आयोजना र ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना रहेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)


.jpg)

.jpg)






प्रतिक्रिया