छठ पर्वमा आइतबार र सोमबार सार्वजनिक बिदा
- BFIS News
- 2026 Nov 13 15:30
काठमाडौं। छठ पर्वको अवसरमा सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै कात्तिक २९ र ३० गते सरकारी तथा निजी क्षेत्रका कार्यालय बन्द रहनेछन्।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइएको र पर्वको भोलिपल्ट सोमबारसमेत बिदा कायम गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार छठ पर्वको परम्परा र धार्मिक विधिलाई ध्यानमा राख्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।
तिहार सकिएसँगै शुक्रबारदेखि छठ पर्व सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माईको पूजा आराधना गर्नेछन्। त्यसैगरी, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुनेछ।
छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न नदी तथा पोखरी किनारमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। कमलपोखरी, नागपोखरी, बागमती र विष्णुमती नदी किनारमा छठ मनाउने श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्दछ।
विशेषगरी तराई मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा व्रतालुहरूले पारिवारिक सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)







प्रतिक्रिया