Siddartha Bank
Prabhu Mahalaxmi

माया खोला हाइड्रोपावरले १ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 13 16:27
माया खोला हाइड्रोपावरले १ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
United Ajod

काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले १ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।

Siddartha Bank
EBL
Nepal Life

कम्पनीले गत कात्तिक १७ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन पेस गरेको हो। सेबोनले कम्पनीको आवेदनलाई प्रारम्भिक समीक्षाको चरणमा राखेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ। सेबोनबाट अनुमति प्राप्त भएपछि कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया