Siddartha Bank
Prabhu Mahalaxmi

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १४ करोड २३ लाख आर्जन

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 13 16:02
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १४ करोड २३ लाख आर्जन
United Ajod

काठमाडौं। सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १५.२० प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ३५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Siddartha Bank
EBL
Nepal Life

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ६२ करोड ७९ लाख ४१ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १४.८९ प्रतिशतले वृद्धि भई ७२ करोड १४ लाख १३ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानीमा भएको वृद्धिले कम्पनीको नाफा बढाउन सहयोग पुगेको देखिन्छ। यद्यपि, यस अवधिमा प्रशासनिक खर्च भने तुलनात्मक रूपमा उच्च दरले बढेको छ। गत वर्ष ८ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च ३३.८८ प्रतिशतले बढेर १० करोड ९९ लाख ५० हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको सञ्चालन खर्च भने १.६४ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ८ करोड २० लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा ८ करोड ६ लाख ७४ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको वित्तीय लागतमा भने उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा २३ लाख २२ हजार रुपैयाँ रहेको वित्तीय लागत चालु आर्थिक वर्षको सोही अवधिमा ९५.७० प्रतिशतले घटेर एक लाख रुपैयाँमा सीमित भएको छ।

रिजर्भ र सम्पत्तिमा पनि वृद्धि

सोल्टी होटलको रिजर्भ तथा सञ्चित मुनाफा २५.१५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८७ करोड १ लाख ६ हजार रुपैयाँ रहेको यस्तो रकम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी पनि १५ प्रतिशतले वृद्धि भई एक अर्ब १७ करोड ५१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड १८ लाख ६३ हजार रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको सम्पत्ति तथा उपकरणमा गरिएको लगानी १०.६३ प्रतिशतले बढेर ३ अर्ब ६ करोड २७ लाख २८ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो सम्पत्ति २ अर्ब ७६ करोड ८४ लाख ८ हजार रुपैयाँ थियो। तर, कम्पनीको लगानी रकम भने सामान्य घटेको छ। गत वर्ष २८ करोड ६९ लाख २७ हजार रुपैयाँ रहेको लगानी समीक्षा अवधिमा ०.०४ प्रतिशतले घटेर २८ करोड ६८ लाख २२ हजार रुपैयाँ कायम भएको छ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार सोल्टी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ १२ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ १५ पैसा कायम भएको छ।

त्यस्तै, त्रैमासको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य ५२० रुपैयाँ रहेको थियो। उक्त मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४२.९२ गुणा रहेको छ।

समीक्षा अवधिमा सञ्चालन आम्दानी र खुद नाफा दुवैमा वृद्धि हुनुका साथै रिजर्भ तथा सम्पत्तिमा समेत विस्तार भएको छ। प्रशासनिक खर्च बढे पनि सञ्चालन खर्च र वित्तीय लागत घटेको वित्तीय विवरणले देखाएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया