Siddartha Bank
Prabhu Mahalaxmi

तिहारपछि खुलेको शेयर बजारमा गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 13 16:13
तिहारपछि खुलेको शेयर बजारमा गिरावट, कारोबार रकम ३ अर्बमा सीमित
United Ajod

काठमाडौं। तिहार बिदापछिको पहिलो कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। तिहारको पूर्वसन्ध्यामा सकारात्मक बनेको शेयर बजार बिदापछि भने दबाबमा परेको हो। यस दिन नेप्से परिसूचक ६.४४ अंक अर्थात् ०.२४ प्रतिशतले घटेर २६४८.७७ विन्दुमा झरेको छ।

Siddartha Bank
EBL
Nepal Life

शुक्रबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेका छन्।

बजारमा गिरावट आउँदा कारोबार रकम भने ३ अर्ब रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता शेयर ३१ हजार ३२३ पटकको कारोबारमा किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ। कारोबारपछि कुल बजार पुँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ भने फ्लोट बजार पुँजीकरण १५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ।

घोराही सिमेन्टको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट इन्डष्ट्री शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको ११ लाख ११ हजार ६२९ कित्ता शेयर २ हजार २७७ पटकको कारोबारमा किनबेच भएको छ। कम्पनीको शेयरमूल्य ७.८७ प्रतिशत घटेर प्रतिकित्ता ३५० रुपैयाँ १० पैसा कायम भएको छ।

त्यस्तै, सानिमा माइ हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको १६ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबार रकमका आधारमा शीर्ष १० कम्पनीमध्ये ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी, सोल्टी होटल, सिटिजन्स फर्स्ट क्यापिटल, सानिमा माइ हाइड्रोपावर र ग्रीन भेन्चर्ससमेत परेका छन्।

श्वेत गंगा हाइड्रोपावर सर्वाधिक बढ्यो

यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५ रुपैयाँ १० पैसाले बढेर ३५७ रुपैयाँ १० पैसा पुगेको छ।

त्यस्तै, सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ५.८७ प्रतिशत र एशियन हाइड्रोपावरको ५.२६ प्रतिशत बढेको छ। यसबाहेक बलेफी हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावरलगायत कम्पनीका शेयरमूल्य पनि बढेका छन्।

यता, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ११४ रुपैयाँले घटेर १ हजार ७८ रुपैयाँमा झरेको छ।

त्यस्तै, घोराही सिमेन्टको शेयरमूल्य ७.८७ प्रतिशत, समाज लघुवित्तको ५.५३ प्रतिशत, सान्भी इनर्जीको ४.९५ प्रतिशत र सिटि होटलको ४.९२ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये अधिकांश घटे

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूह सामान्य बढेका छन्।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८३.५८ अंकले घटेको छ। क्षेत्रगत सूचकांकतर्फ भने निर्जीवन बीमा सूचक सर्वाधिक ०.३३ प्रतिशत बढेको छ भने अन्य समूहको सूचक सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

तिहार बिदापछिको पहिलो कारोबारमै बजारमा गिरावट देखिएसँगै लगानीकर्ताको मनोविज्ञान र कारोबार गतिविधिमा पनि प्रभाव परेको छ। शुक्रबार साताको अन्तिम कारोबार दिन भएकाले अब छठ पर्वको सार्वजनिक बिदापछि मंगलबारदेखि मात्रै शेयर बजार पुनः खुल्नेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया