NIMB Header 2
Nepal Life

बैंक बीमा : समयमै ब्याज तिर्ने र रिन्यू गर्ने ईमान्दारलाई कस्दै, नतिर्नेहरूलाई अनेक छुटका प्याकेज !

NMB Bank
  • अरुण सापकोटा
  • 2024 Jun 16 07:55
बैंक बीमा : समयमै ब्याज तिर्ने र रिन्यू गर्ने ईमान्दारलाई कस्दै, नतिर्नेहरूलाई अनेक छुटका प्याकेज !
United Ajod

काठमाडौं । बैंक तथा बीमा क्षेत्रलाई वित्तीय अनुशासनमा रहने क्षेत्रका रुपमा चिनिन्छ । जसले समयमा तिर्नु पर्ने सावा, व्याज, किस्ता तिर्दैनन् उनिहरुलाई तत्काल नियम अनुसार हर्जना र शुल्क असुल उपर गरिन्छ ।

Shikhar
Nepal Life
NIMB

तर यहि क्षेत्रबाट समयमा सावा, व्याज र किस्ता नतिर्ने पक्षलाई विभिन्न समयमा छुटका प्याकेज ल्याइन्छ र स-सम्मान पेनाल्टी माफ गरिन्छ । आर्थिक वर्ष सकिन अव एक महिना पनि बाँकी छैन । सबै बैंक वित्तीय संस्थादेखि बीमा कम्पनीहरु अहिले तनावमा छन् ।

आर्थिक वर्षभरीको प्रगति विवरण बुझाउने समय आउदैछ । सञ्चालकदेखि लिएर नियामक निकायले हरेक किसिमका सूचकलाई नजर अन्दाज गरेर भावी रणनीति तय गर्नेछन् । तर यहि समयमा बैंक वित्तीय संस्थादेखि लिएर बीमा कम्पनीहरुको कमजोर वित्तीय अनुशासनको फाइदा भने खराव व्यक्तिले लिदै छन् ।

अहिले जुन सुकै बैंक वित्तीय संस्था र बीमा कम्पनीको आधिकारिक वेवसाइट तथा सामाजिक सञ्जाल हेर्यो भने विभिन्न छुटका प्याकेज देख्न सकिछ । यस्ता प्याकेजले नियमित रुपमा वित्तीय अनुशासन परिपालना गर्नेलाई निरुत्साहित पार्ने गरि समयमा व्याज, सावा तथा किस्ता भुक्तानी नगर्नेलाई विभिन्न किसिमका छुट दिइरहेका छन् ।

केहि समय अगाडी एनआइसी एशियाले समयमा सावा र व्याज भुक्तानी नगर्ने ऋणीलाई हर्जना तथा व्याज छुटको स्किम ल्याएको थियो । अहिले नेपाल बैंकले २०७५ साल चैत भन्दा अगाडीका ऋणी जसको ऋण खराव कर्जामा वर्गिकरण भइसकेको छ र नियमित रुपमा सावा र व्याज भुक्तानी हुन सकिरहेको छैन त्यस्ता ऋणीलाई हर्जना तथा व्याज छुटको प्याकेज सार्वजनिक गरेको छ ।

बैंकको यस्तो छुटको अफरलाई लिएर अन्य सामान्य ऋणीहरुले भने चर्को आलोचना गरेका छन् । उनिहरुले बैंकलाई लगातार तिर्नेलाई कुनै छुट छैन भन्दै प्रश्न गरेका छन् । बैंकले नतिर्नेलाई अनेक छुट दिनुको सट्टा समयमा तथा छिटो छिटो तिर्नेलाई पुरस्कार स्वरुप विभिन्न छुटका स्किम ल्याउनु पर्ने उनिहरुको भनाइ छ ।

डेभिड बास्तोलाले कर्जा नियमित गर्नु अभिसाप हो भन्दै प्रश्न गरेका छन् । होइन भने किन भेदभाव भन्दै नियमित ऋणिलाई पनि आकर्षित गर्न कुनै कार्यक्रम ल्याउनु पर्दैन भनेर आक्रोश पोखेका छन् । बैंकका यस्ता कदमले ४/५ बर्ष नतिर्नु त्यस पछि सुविधा सहित तिर्नु भन्न खोजेको ऋणीहरुको भनाइ छ । यदि यस्तो हो भने तिर्नु भन्दा पनि नतिर्नु बढि लाभदायक देखिएको उनिहरुको भनाइ छ ।

यसरी छुट गरिदिदा नियमित रुपमा भुक्तानी गर्ने ऋणी प्रति वितृष्ण पैदा हुने विज्ञहरु बताउछन् । यहि समस्या बीमा कम्पनीमा पनि छ । ५/१० वर्षसम्म नविकरण बीमा शुल्क भुक्तानी नगर्ने बीमितलाई बीमा कम्पनीहरुले सत प्रतिशतसम्म व्याज छुटका स्किम ल्याउने गरेका छन् । यसरी ५ वर्षसम्म सम्म किस्ता नबुझाउने अनि ५ वर्ष पछि बुझाउदा पनि अन्य तिर्ने सरहको बोनसदर तथा सुविधा पाउने व्यवस्थाले नियमित रुपमा बुझाउने प्रति अन्याय हुने विज्ञहरु बताउछन् ।

मानौ ‘A’ भन्ने व्यक्तिले १० लाखको बीमा गर्यो । उसले नियमित रुपमा ७० हजारका दरले नविकरण बीमा शुल्क भुक्तानी गर्दै गयो । उसले ५ वर्षसम्ममा ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसक्यो । त्यस्तै ‘B’ भन्ने व्यक्तिले पनि १० लाखको बीमा गर्यो । तर उसले पहिलो प्रथम बीमा शुल्क भुक्तानी गरेपछि भुक्तानी गरेन । कम्पनीले ‘B’लाई पनि बीमा पोलिसी नियमित गराउने उद्देश्य सहित ४ वर्षको नविकरण बीमा शुल्क भुक्तानीमा ढिलाइ हुँदा लाग्ने सबै हर्जना माफी गरिदियो र व्याजमा पनि छुट दियो । र ‘B’ भन्ने व्यक्तिले स-सम्मान बीमा पोलिसी नविकरण गर्यो ।  

बीमा कम्पनीको यस्तो नीतिले सबैभन्दा धेरै असर नियमित रुपमा बीमा शुल्क भुक्तानी गर्ने ‘A’ लाई स्वत पर्न जान्छ । यसरी ‘A’ले तिरेको बीमा शुल्कको आम्दानीबाट ‘B’ लाई पनि बोनस दिनु पर्छ । उसले बीमा शुल्क भुक्तानी नै नगरी विगत ४ वर्षको बोनस खान पाउछ । यस्तो अभ्यास अहिले हरेक जीवन बीमा कम्पनीमा चल्दै आइरहेको छ ।

यहि वस्तुस्थितिलाई मध्यनजर गर्दै रामगोपाल श्रेष्ठ भन्छन् ‘पुराना, समयमै ब्याज तिर्ने, रिन्यू गर्ने, ईमान्दार ऋणीलाई सके जति कस्ने, नानाथरिको बहाना बनाई रिन्यू गर्नै जटिल पार्ने, रिन्यू गर्न एकदिन ढिला भए पेनाल्टी कस्ने, नतिर्नेहरूलाई चाहिं अनेक छुट! गजपको सुबिधा ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया