NIMB Header 2
Nepal Life

ह्याविट्याट पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Sep 03 08:53
ह्याविट्याट पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
United Ajod

काठमाडौं । ह्याविट्याट पावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त पनि गरेको छ।

Nepal Life
NIMB

सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता सेयर निष्कासनको तयारी गरेको छ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ।

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया