NIMB Header 2
Nepal Life

अर्थमन्त्री पौडेल र एडिबी उपाध्यक्ष भेटवार्ता, पूर्वाधार आयोजनाबारे विश्व बैंक उपाध्यक्षको चासो

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 24 11:29
अर्थमन्त्री पौडेल र एडिबी उपाध्यक्ष भेटवार्ता, पूर्वाधार आयोजनाबारे विश्व बैंक उपाध्यक्षको चासो
United Ajod

काठमाडौं। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ।

Nepal Life
NIMB

भेटमा एडिबीको वर्तमान पुँजी तथा भविष्यमा नेपालसँग हुन सक्ने सहकार्यबारे छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्माण परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। 

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई  बैंकले ३० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएकामा धन्यवाद दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रियाबारेमा मन्त्री पौडेललाई जानकारी दिए। 

यसैगरी उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन्। निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए।

पौडेलले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री पौडेलले बुधबार विश्व बैंकका (दक्षिण एसिया मामिला हेर्ने) उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन्।  नेपालमा रोजगारी सृजना गर्ने विषयमा छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। 

नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्नेबारेमा छलफल भएको थियो। विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गरेकाे छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया