NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडिआरटी २०२६ का लागि छनोट

Citizen Life
  • BFIS News
  • 2025 Jun 16 12:47
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडिआरटी २०२६ का लागि छनोट
National Life

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनोट भएका छन्।

NIMB

यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन् भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT 2026 का लागि योग्य बनेका हुन्। आर्यन खानले गत वर्ष (२०२५) मा विश्वप्रसिद्ध MDRT संस्थाको माथिल्लो तह COT (Court of the Table) सम्म योग्य भइसकेका थिए।

MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।

उनले आफ्नो उपलब्धिबारे भने “यो सफलता मेरो मात्र होइन – यो मेरो ग्राहकहरू(बीमितहरू), मेरो टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पॉेलिसीसँगै हामी केवल बीमा मात्र गर्दै छैनौं, भविष्य बनाउँदैछौं।”

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक सफलतामा सधै साथ रहने र हौसला प्रदान गर्ने जनाएको छ । गत वर्ष 2025 मा COT (Court of the Table) हासिल गरिसकेका खानलाई अब उनको लक्ष्य TOT (Top Of The Table) प्राप्त गर्नु रहेको छ, जसतर्फ उनि दृढ आत्मविश्वासका साथ अग्रसर छन्। आर्यन खान आजको पुस्ताका लागि मात्र होइन, भविष्यका बीमा व्यवसायीहरूका लागि पनि एक प्रेरणाका स्रोत  एवं उदहारणीय ब्यक्ति बनेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया