Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औँ साधारण सभा असार ३० मा, १० प्रतिशत बोनस शेयर पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 12:01
यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औँ साधारण सभा असार ३० मा, १० प्रतिशत बोनस शेयर पारित गर्ने
National Life

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा आगामी असार ३० गते, सोमबार, काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा.लि.मा बिहान १०:३० बजे शुरु हुनेछ।

Shikhar
NIMB

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै, सभा सम्पन्न भएपछि जारी पूँजीको आधारमा १५ प्रतिशत हकप्रद शेयर प्रस्तावमा संशोधन गर्दै बोनस वितरणपछि कायम हुने पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार, असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया