NIMB Header 2
Nepal Life

हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा ११ करोडभन्दा बढीको आवेदन, मागभन्दा १२.३४ गुणा बढी

National Life
  • BFIS News
  • 2025 Jun 24 12:37
हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा ११ करोडभन्दा बढीको आवेदन, मागभन्दा १२.३४ गुणा बढी
Sanima Reliance

काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक शेयर (आइपीओ) मा हालसम्म ११ करोड ५१ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

Shikhar
NIMB

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार असार १० गते बिहान १०:०६ बजेसम्म ६० हजार २८० जना आवेदकले कुल ११ लाख ५१ हजार ३६० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो संख्या कम्पनीले विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको कित्ताभन्दा १२.३४ गुणा बढी हो।

हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ९३ हजार २५० कित्ता आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।

यस मध्ये १० प्रतिशत हिस्साले हुने ९३ लाख २५ हजार रुपैयाँ बराबरको शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्न मिल्ने यो आइपीओमा आवेदन दिने अन्तिम म्याद असार १३ गते सम्म तोकिएको छ।

यस कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले "इक्रा एनपी डबल बी माइनस (ICRA NP BB-)" रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले समयमा आफ्नो दायित्व पुरा गर्ने क्षमता औसत जोखिमयुक्त रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया