Nepal Life

साताको अन्तिम दिन झिनो अंकले बजार घट्दा यि हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी

NMB Bank
  • BFIS News
  • 2025 Jun 26 15:19
साताको अन्तिम दिन झिनो अंकले बजार घट्दा यि हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी
National Life

काठमाडौं। आज साताको अन्तिम कारोबार दिनमा नेप्से सूचक सामान्य अंकले घटेको छ। १.७५ अंकले घट्दा ७ अर्ब ७८ करोडको कारोबार भएको छ। जस मध्ये सर्वाधिक धेरै बुटवल पावर कम्पनीको भएको छ।

Shikhar
NIMB

बुटवल पावरको ६२ करोड ५२ लाख, राधि विद्युतको ३९ करोड २० लाख, ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख, सिङ्गटी हाइड्रोको ३१ करोड ६१ लाख, बरुण हाइड्रवपावरको २८ करोड ५ लाख, हिमालयन पावर पार्टनरको २५ करोड ९५ लाख, सानिमा माइको २२ करोड ९५ लाख, साहस उर्जाको २१ करोड ५४ लाख, युनियन हाइड्रोपावरको १९ करोड ७५ लाख, युनिभर्सल पावरको १७ करोडल ७६ लाख रुपैयाँ कारोबार भएको छ।

आज ९३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १५५ वटाको शेयर मूल्य घटेको छ। विकास बैंक र हाइड्रोका शेयरधनी आज मालामाल भएका छन्। होटल र बीमा क्षेत्रमा सबैभन्दा धेरै गिरावट आएको छ। अहिले लगानीकर्ताको खासै मनोबल बढ्न सकेको छैन। लगानीकर्ताले अवको एक सातासम्म बजार घट्ने त्यस पछि बढ्ने आकलन गरेका छन्। यद्यपी बजारले मौद्रिक नीतिलाई पनि कुर्ने नै छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया