NIMB Header 2
Nepal Life

बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गर्ने

National Life
  • BFIS News
  • 2025 Jun 27 07:16
बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गर्ने
Sanima Reliance

काठमाडौं, असार १३ गते। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो हालको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने जानकारी दिएको छ।

Shikhar
NIMB

कम्पनीले १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपात) मा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ हुनेछ।

यस प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। सोही अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरू हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम म्याद साउन १९ गतेसम्म तोकिएको छ।

कम्पनीको हकप्रद शेयर निष्कासनको व्यवस्थापन आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङ्गका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट पनि आवेदन दिन सक्नेछन्।

यस अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत र CDSC को ‘मेरो शेयर’ अनलाइन पोर्टल प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

यस हकप्रदबाट संकलन गरिने रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजना पुनर्निर्माण तथा अन्य खर्चमा प्रयोग गरिनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.मा लगानी तथा अधिग्रहणका लागि प्रयोग गरिनेछ।

यस निष्कासनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB (Is)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया